काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' वीर अस्पताल पुगेका छन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिन विर अस्पताल पुगेका हुन् ।

माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत रहेका आचार्य तीन महिने पार्टी रूपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर बिरामी भएका हुन् ।

अचानक बेहोस भएर अस्वस्थ भएपछि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् । अध्यक्ष प्रचण्डले अस्पतालमै पुगेर नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।