न्युयोर्क । एक प्रसिद्ध अमेरिकी युटयुबर हाइटीमा अपहरण परेका छन् । हैटीका एक गिरोह नेता अन्तर्वार्ता लिने प्रयास गर्दा उनी अपहरणमा परेका हुन् ।
अमेरिकी युटयुबर एडिसन पियरे मालौफ अपहरणमा परे पछि उनलाइ छुटाउने प्रयास भइरहेको छ । हाइटीको शासक भएको दाबी गर्ने गिरोहले उनलाई अपहरण गरेको र बदलामा ठूलो रकम मागेको जनाइएको छ । उनलाइ अरबी भनेर पनि सम्बोधन पनि गरिने गरिएको छ ।
न्युयोर्क पोस्टका अनुसार, जर्जियामा आधारित युटयुबर हैटीको सबैभन्दा कुख्यात गिरोह नेता जिमी बार्बेक चारिजियरको अन्तर्वार्ता लिन हिंसाग्रस्त देशको यात्रा गरेका थिए । गत मार्च १४ मा अमेरिकी युटयुबर हाइटीमा आइपुगेको मात्र २४ घण्टा पछि उनी र उनका एक सहयोगीलाइ माभोजो गिरोह सदस्यहरूले कब्जा गरेको जनाइएको छ ।
समाचार अनुसार ती अमेरिकी युट्युबरलाई ६ लाख डलर फिरौतीका लागि अपहरण गरिएको छ । उनको रिहाइको लागि ४० हजार अमेरिकन डलर पहिले नै भुक्तान गरिएको छ तर अपहरणकर्ताहरूले मालोफको सुरक्षित रिहाइको लागि ठूलो रकमको माग गरिरहेका छन्। अपहरण गरिएका युट्युबर मालोफका युट्युबमा १४ लाखभन्दा बढी फलोअर्स छन् । उनी ती खतरनाक ठाउँहरू अन्वेषण गर्नका लागि प्रसिद्ध छन्, जहाँ कोही पनि जाँदैनन् ।
अमेरिकी यु टयुबर बेपत्ता भएको खबर अनलाइन समाचार च्यानलमा फैलिए पछि उनका साथी स्ट्रिमर लेलेमले आफ्नो साथी अपहरणमा परेको पुष्टि गरेका छन् । 'दुई हप्तासम्म यो आफैंमा राख्ने प्रयास गरियो तर अहिले यो समाचार जताततै फैलिरहेको छ,' लाललेमले टविटर पोस्टमार्फत भने । उनले भने, 'अरबीलाई हाइटीमा अपहरण गरिएको छ र हामी उनलाई रिहा गर्ने प्रयास गरिरहेका छौं ।'
Facebook Comments