गुजरात । आज भारत अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा विश्वकप क्रिकेटको फाइनल खेल हुँदैछ । भारत र अष्ट्रेलियाका बिचमा आज साँझ हुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन् ।
यस खेलका लागि पिचदेखि प्लेइङ ११ सम्म विभिन्न पक्षमा छलफल भइरहेको छ । यसैबीच, आईसीसीले यस विश्वकपका लागि कुल ८२ करोड भारतीय रुपैयाँको पुरस्कार राशि घोषणा गरेको छ ।
यस प्रतियोगितामा हार्ने टोलीमा पनि करोडौं रुपैयाँको उपाधि जित्नेछ । विश्वकपको विजेताले ३३ करोड भारतीय रुपैयाँ नेपाली ५२ करोड ८ लाख रुपैयाँ बराबर पुरस्कार पाउने छ भने फाइनलमा उप विजेता बन्ने टोलीले १६ करोड ६५ लाख (नेपाली २६ करोड ६४ लाख रुपैयाँ) जित्न सफल हुनेछ ।
फाइनल भिडन्तमा उत्रिएका दुवै टोलीले समूह चरणमा ९-९ खेल खेलेका छन् । समूह चरणबाट बाहिरिएका टोली अर्थात सेमिफाइनलमा पुग्न नसकेका ६ टोलीलाई १ लाख डलर अर्थात करिब ८२ लाख रुपैयाँ दिइने छ । यस बाहेक सेमिफाइनलमा हार्ने टोली दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई ८.८ लाख डलर अर्थात् करिब ६ करोड ६३ लाख रुपैयाँ दिइनेछ ।
फाइनलमा विजेता टोलीलाई आईसीसीले ४० लाख डलर पुरस्कार दिनेछ, अर्थात् विजेता टोलीले कुल ३३.१७ करोड रुपैयाँ पाउनेछ । उपविजेता बन्ने टोलीलाई २० लाख डलर अर्थात १६ करोड ५८ लाख रुपैयाँ दिइनेछ । यदि टीम इन्डिया विश्व च्याम्पियन बन्यो भने ३३.१७ करोडको पुरस्कार राशि बाहेक, उसले ११ खेल जित्ने रकम पनि पाउने छ । ३३.१७ लाख गुणा ११ अर्थात् भारतले कुल ३७.३८ करोड रुपैयाँ जित्न सक्छ।
Facebook Comments