न्युर्योक । ओपनएआईको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटी एक वर्षअघि सर्वसाधारणका लागि ल्याइयो । दोस्रो महिनाको अन्त्यसम्ममा १०० मिलियन प्रयोगकर्ताहरूसँग पहुँच राख्दै यो एप सबैभन्दा छिटो प्रयोगकर्ता बढिरहेको एप बन्यो ।
अहिले, यो माइक्रोसफ्टको बिंग खोज, स्काइप र स्न्यापच्याट मार्फत एक अरब भन्दा बढी मानिसहरूलाई उपलब्ध छ । अनुमानित आंकडा अनुशार यस ओपेन आइले वार्षिक राजस्वमा एक अरब अमेरिकी डलर भन्दा बढी सङ्कलन गर्नेछ ।
हामीले प्रयोग गर्ने कुनै पनि प्रविधि यति छिटो फैलिएको छैन । धेरैजसो मानिसहरूले वेब ब्राउजर प्रयोग सुरु गर्न लगभग एक दशक लाग्यो । तर, च्याट जिपीटीको प्रभाव धेरै मानिसहरूलाई सहज ढंगबाट पर्न सफल भयो ।
च्याट जिपीटीले हाम्रो एआई संचालित भविष्यको नयाँ स्वाद दिएको समेत अनुभव गर्न सकिन्छ ।
Facebook Comments