कतार । कतारले गाजामा इजरायली अपराधको बारेमा तत्काल, बृहत् र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आह्वान गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले आइतबार अल जजिरालाई भने 'कतारले अर्को युद्धविरामलाई सहज बनाउन र घेरामा परेको एन्क्लेभमा स्थायी युद्धविराममा पुग्ने प्रयास जारी राख्नेछ ।'
इजिप्ट र संयुक्त राज्य अमेरिकाको सहयोगमा कतारको मध्यस्थतामा भएको एक हप्ता लामो इजरायल–हमास युद्धविरामले २ सय ४० प्यालेस्टिनी कैदीहरूको सट्टामा ८० इजरायली बन्दीहरूलाई रिहा गरेको थियो।
यता, शुक्रबारदेखि पुनः इजरायलले गाजामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ । सरकारी मिडिया अधिकारीले अल जजीरालाई बताए अनुसार गत २४ घण्टामा इजरायली आक्रमणमा ७०० प्यालेस्टाइनीहरू मारिएका छन्।
दुबै पक्षले सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएर शुक्रबार युद्धविराम समाप्त गरेका थिए ।
इजरायलले कतारबाट मोसादका वार्ताकारहरूलाई तानेपछि शनिबार गाजामा थप युद्धविरामको सम्भावना अन्धकार देखिएको छ । उता, हमासका उपनेताले जेलमा परेका प्यालेस्टाइनीहरूलाई इजरायली बन्दीहरूको अदलाबदलीमा थप वार्ता नगर्ने अल जजीरालाई बताएका छन् ।
Facebook Comments