काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
जितसंगै अनिल र भीमले १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए । योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।
यसैगरी, ब्याट्सम्यान द्वय अनिल शाह र भिम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् । नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिल र भीमले अविजित ११२ र १०१ रन बनाएका थिए । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि अनिल र भिमले सुझबुझपूर्ण ब्याटिंग गर्दै शतक पुरा गरेका हुन् ।
नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने अनिल शाह सातौँ र भिम सार्की आठौँ खेलाडी हुन सफल भएका छन् । यस अघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले एकदिवसीय शतक बनाएका छन् ।
Facebook Comments