काठमाडाैं । भुकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १३८ पुगेकाे छ । गए राती जाजरकाेटलाइ केन्द्र बनाएर गएकाे भुकम्प परी हालसम्म १३८ जनाकाे ज्यान गएकाे हाे भने घाइतेकाे संख्या १६६ जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकाेटमा मात्रै १ सय जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन । र, रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।
घाइतेहरूकाे स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडाैंमा गरी उपचार भइरहेकाे छ । साथै, साे भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडाैं ल्याइदैँछ ।
नेपाल प्रहरीका अनुसार साे भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हाे ।
यसैबीच, सरकारले जाजरकोट र रूकुम पश्चिममा पाँच-पाँच करोड रूपैयाँ पठाउने भएको छ। सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि गृहमन्त्रालयले यो निर्णय गरेको छ ।
तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद व्यवस्थापन कोषमा पाँच-पाँच करोड रूपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनबाट पठाइनेगरि गृहमन्त्रालय ले निर्णय गरेको छ ।
Facebook Comments