सिरहा । तराईमा पछिल्लो एक सातादेखि चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गइरहेको छ। कुहिरोसँगै लागातारको हावा र शीतलहरले चिसो बढेपछि कोशी प्रदेश, मधेश प्रदेश सहित सम्पूर्ण तराइ भागको जनजीवन कष्टकर बन्दै गएको हो।
चिसोका कारण विभिन्न जिल्लाका सामुदायिक तथा निजिस्तरद्वारा संचालित विद्यालयरु बन्द रहेका छन्। चिसोका कारण हाटबजार तथा सार्वजनिक स्थलहरुमा चहलपहल कम भएको छ।
चिसोका कारण बालबालिका, बृद्धबृद्धा, दम, मुटुरोगीलगायत बढी प्रभावित भएका चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुले यस्तो समयमा न्यानो कपडा लगाउने, अनावश्यक घरबाहिर नजाने र तातो र झोलिलो खानेकुरा खान सुझाएका छन् ।
चिसो बढेपछि सिरहा स्थित गोलबजार नगरपालिका र इलाका प्रहरी कार्यालयले चोक तथा सार्वजनिक स्थाानहरुमा आगो ताप्नको लागि दाउरा समेत वितरण गरेको छ। अहिले तराईको अधिकांश भू-भागहरुमा हुस्सु तथा शीतलहरको अवस्था रहेकोछ ।
Facebook Comments