लहान । लहानको राजधानीको रूपमा चिनिएको लहानमा मञ्जर लागेको आँपको स्याहार गरे उत्पादन बढ्ने लहान नगरपालिका कृषि शाखा लहानले जनाएको छ । अहिले मधुवा किराको प्रकोपबाट बचाउन कृषि शाखाले किसानलाई औषधी वितरण र प्राविधिक ज्ञान दिई कार्यक्रम अघि बढाएको छ ।

एक हजार हेक्टरमा लहानमा हुने आँप खेती गरिरहेका कृषकहरूले यति वेला आँपमा लागेको मञ्जर स्याहार गर्न कृषकहरूलाई प्राविधिक ज्ञान र मञ्जरमा छर्किने औषधी वितरण गर्न लागिएको लहान नगरपालिका कृषि शाखाका प्रमुख प्रकाश साह हलुवाइले बताएका छन् ।

उहाँको अनुसार लहान नगरपालिका - ३,५,१३,१७, १८,१९, १३ र २४ नम्बर वडा आँपको पकेट क्षेत्रमा अहिले आँपमा लागेको मञ्जरमा इमाडिक्लोरोपडि एक लिटर पानीमा एक एमएल औषधी हालेर छर्किने, टिकुला लागेपछि त्यही मात्रामा त्यही औषधी छर्किदा,आँपको बगैँचाको सरसफाइ र दस दिनको फरकमा सिँचाइ गरे आँप मञ्जर झने र टिकुलु लागेपछि कुहिनेबाट जोगाउन सकिन्छ । मञ्जरमा लागेको मधुवा किराको प्रकोपबाट जोगाउन अहिले कृषि शाखा सक्रिय भएको छ ।

कृषकहरूलाई आँप उत्पादन सम्बन्धी प्राविधिक ज्ञान र आँपमा मञ्जर लागेदेखि पाक्ने बेलासम्ममा गर्नुपर्ने तौर तरिकाबारे सिराहाका लहान नगरपालिका , धानगडीमाई नगरपालिका, गोल बजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाको चुरे क्षेत्रमा मनग्गै फल्ने आँपको व्यवस्थापनको लागि लोक मार्गदेखि उत्तरी भेगका पाँच वटै नगरपालिकामा आँपको भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्नुपर्ने नेपाल राष्ट्रिय कृषक महासङ्घ सिराहाका अध्यक्ष प्रदीप दनुवारले भन्दै सिराहामा भइरहेको पाँच हजार भन्दा बढी हेक्टरमा भइरहेको आँप खेतीलाई स्थानीय तह नगरपालिकाहरुले कृषकहरूलाई प्राविधिक ज्ञान दिन आवश्यक रहेको बताएका छन् ।

कम्तीमा तीन वर्षको लागि आँपको बगैँचा ठेक्कामा लिइने आँप व्यापारीहरूले प्रत्येक वर्ष आँप फलाउन अत्यधिक हर्मन भएका औषधीहरू हाल्दा आँपका रुखहरूको जीवनचक्र कम हुनु र किसानहरूले आँपको उचित मूल्य पाउन नसकिरहेको विषयमा लहान नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले उल्लेख गरे । उनले भने, लहानको आँपको माग नेपालमा मात्रै होइन, विदेशमा समेत हुन लागेकोले गल वर्ष नै लहानको आँप लेखिएको कार्टुनमा प्याक गर्ने कार्यक्रम सुरु गरी सकिएको छ । यसलाई व्यवस्थित बनाउन यस वर्षदेखि विशेष कार्यक्रम ल्याउन लागेका छौ ।

सिराहाका् लोक मार्गदेखि उत्तरी चुरे क्षेत्रसम्म आँपको लागि चाहिने माटो वातावरण अनुकूल भएकोले यस भेगमा फल्ने आँपको स्वाद अन्य भेगमा फल्ने आँपभन्दा फरक हुने गर्दछ । पूर्व बलानदेखि पश्चिम कमलासम्म लहान, धनगडीमाइ,गोल बजार,मिचैया र कर्जन्हा नगरपालिकाले अनुदानमा कृषकहरूलाई आँपको बिरुवा उपलब्ध गराएपछि आँप खेती विगत वर्षहरूको तुलनामा ह्वातै बढेको छ ।