महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालमा औषधीको गुनासो बढीरहेको वेला साझा फार्मेसीले यस्को सुनिश्चितता गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको फार्मेसीले अस्पताल परिसरमा औषधी बिक्री कक्ष स्थापना गरेसँगै यस्को सुनिश्यता हुने भएको हो ।
सेवा, सुविधा बिस्तार भएतापनी सामान्य औषधी समेत नपाईने सेवाग्राहीको गुनासोलाई मध्यनजर गर्दै साझा फार्मेसीसँग सम्झौता गरेर औषधी बिक्रि कक्ष राखिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए ।
नेपाल सरकारको ५० प्रतिशत स्वामित्व रहेको साझा फार्मेसीका अहिले देशैभरी २८ वटा साखाहरु छन् । यो सम्म २९ वटा साखा हुने यस्का अध्यक्ष हिम वहादुर क्षेत्रीले जानकारी दिए । यो अस्पताल परिसरमा २४ नै घण्टा संचालनमा रहनेछ ।
वाहिर पाउने भन्दा यो फार्मेसीले सेवाग्राहीहरुलाई सुलभ मुल्यमा उपलब्ध गराउने हुदा मूल्य प्रतिस्पर्धालाई समेत सन्तुलित राख्ने बिस्वास लिईएको छ । अस्पतालमा विस्तार गरिएका अन्य सुविधाहरुले पछिलो समय जिल्लाको उत्तरवर्ती क्षेत्रका सर्वसाधारणहरु आकर्षित वन्दै गएका छन् ।
सिन्धुली, धनुषा र सर्लाहीका विरामीहरु अहिले बर्दिवास अस्पतालमा नै आउने गरेको मेसु कृष्ण महर्जन वताउछिन । गर्भवती महिलाहरुको सल्यक्रिया, पोस्टमार्टम, भिडियो एक्सरे, विभिन्न विशेषज्ञ सेवा, ओपिडी, २४ घण्टे सेवा जस्ता सेवा विस्तारले सेवाग्राहीहरुलाई आकर्षण गरेको हो ।
अहिले अस्पतालमा सुविधा बिस्तारसँगै आकर्षक आन्तरिक भौतिक संरचनालाई पनि ध्यान दिईएको छ । छोटो समयमा नै सर्वसाधारणहरुको रोजाई पर्दै गएको अस्पताल पालिकास्तरिय अस्पतालको आधारमा दोस्रो नंम्बरमा समेत छनोट भएको छ ।
यसले पनि अस्पतालको गुणस्तरियता र उपलब्ध सेवा, सुविधाहरुको प्रभावलाई पुष्टि गर्ने स्थानीयहरू वताउछन । निजि अस्पतालले जत्तिकै सेवा सुविधा बिस्तार गरेपछि नगर क्षेत्रमा रहेका निजि अस्पतालमा चाप कम देखिन थालेको छन् ।
स्वास्थ्य सेवा सवैको पहुँचमा पुर्याउने अभियान अन्तर्गत नगरले पनि बर्दिवास अस्पतालमा निक्कै ध्यान दिएको देखिएको छ । जलेश्वर प्रादेशिक अस्पतालमा समेत नपाईने सुविधाहरु बर्दिवास अस्पतालमा राखिएपछी अहिले जिल्लाभरीका विरामीको चाप अस्पतालमा देखिदै गएको सिनियर परिचारिका चण्डिकाले वताईन ।
'अस्पतालमा सेवा लिन जादा सन्तुष्ट वन्न सक्ने वातावरण सिर्जना भएकोमा खुसी लाग्छ ।' बर्दिवास-३ अस्मिता भण्डारीले भनिन । एक्सरे, भिडियो एक्सरे, ईसीजी, फार्मेसी, स्वास्थ्य बीमा, भर्ना सेवा, जेष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, किशोर-किशोरी सेवा, पोस्टमार्टम सेवा, क्षयरोग उपचार सेवा, काउन्सिलिङ तथा प्रेषण सेवा, होल बडी चेकअप सेवा जस्ता सेवाहरू अहिले संचालनमा छन् ।
५० शैय्या क्षमता भएको अस्पतालमा अहिले ८३ जनाभन्दा बढी चिकित्सक, परिचारिका र कर्मचारी कार्यरत रहेका मेडिकल सुपरिटेन्डेन्ट कृष्णा महर्जनले जानकारी दिइन् ।
Facebook Comments